काेराेनाका कारण ५१ जनाकाे मृत्यु, २ हजार ४४२ मा संक्रमण

आइतबार थप  २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छभने ५१ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय २१ पोजेटिभ देखिएको थियो भने ४ हजार २ सय ४९ को एन्टिजेन परीक्षण गरिएकोमा १ हजार २१ मा पोजेटिभ देखिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरोना भाइरसकाे संक्रमणबाट मुक्त भएकाे पनि मन्त्रालयले जनाएकाे छ । देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित छन्।

Facebook Comments