नेपाल सहित एमालेका २२ सांसदलाई स्पष्टीकरण पत्र
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र पठाइसकेको जानकारी दिनुभयाे ।
तामाङले स्पष्टीकरण पत्र पठाएको भनेपनि माधवकुमार नेपाल समूहका सांसदले भने त्यस्ताे कुने पत्र नपाएकाे बताएका छन् । साथै माधव नेपाल पक्षका सांसदले यसपटक स्पष्टीकरण पत्रकाे जवाफ समेत नपठाउने बताएका छन् ।
गत ३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिने क्रममा माधवकुमार नेपाल समूहमा खुल्दै आएका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले फ्लोर क्रस गरेर देउवालाई मत दिएका थिए ।
सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो । ओली समूहले माधव पक्षका नेतालाइ यसअघि पनि पटक पटक स्पष्टीकरण साेध्ने तथा कार्वाही गरेकाे थियाे । तर सर्वाेच्च अदालतले एमालेले महाधिवेशन अायाेजक समितिकाे नामबाट गरेका कार्वाही अमान्य हुने फैसला गरेकाे थियाे ।

