थप २ हजार ६२४ जनामा कोभिड-१९ संक्रमण पुष्टि  

पछिल्लो २४ घण्टामा मुलुकभर थप २ हजार ६ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर ८ हजार ६ सय ६७ पीसीआर परिक्षणमा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको हाे ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ ।  त्यस्तै कोभिडका कारण पछिल्लाे २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १० हजार २ सय ५९ जनाले कोभिडका कारण मृत्यु भएकाे छ ।  

शनिबार १ हजार ३ सय २० जना काेभिड संक्रमण मुक्त भएका छन् । नेपालमा  ६ लाख ८० हजार ८१५ संक्रमित कोभिडमुक्त भएकाे पनि मन्त्रालयले जनाएकाे छ । पछिल्लाे समय रूघाखाेकीका बिरामी पनि बढिरहेका छन् ।

Facebook Comments