थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छभने २७ जनाकाे निधन भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६ सय ८९ जनामा कोरोना परीक्षण गर्दा ३ हजार २ सय ७४ संक्रमित थपिएका हुन्।
त्यस्तै मंगलबा र १ हजार ९ सय २९ जना कोरोना संक्रमण मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोना संक्रमण मुक्त भएका छन्।
हालसम्म १० हजार ३५४ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भइसकेकाे छ।
Facebook Comments

