भरतपुरमा सवस्टेसनमा ट्रान्सर्फमर हटाउने कार्यमा ढिलाे गरेकाे भन्दै घिसिङ असन्तुष्ट

 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको (भरतपुर) बसेनी सबस्टेसनमा मर्मत सम्भार कार्य ढिलाइ गरेकाे भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । मंगलबारदेखि नै सबस्टेसनमा मर्मत कार्य भइरहेकाे छ ।

तर थाेरै कामदार काममा लगाएकाे तथा तिहारकाे मुखमा विद्युत आपुर्ति बन्द भएपछि घिसिङ स्वयं भरतपुर सवस्टेशन पुग्नुभएकाे थियाे ।

तत्काल पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न आवश्यक कामदार थप गरेर काममा लगाउन निर्देशक घिसिङले निर्देशन दिनुभयाे ।

घिसिङले अर्को ट्रान्सर्फमर बिहीबार विहानसम्म आइपुग्ने भएकाले बुधबार साँझसम्म पुरानो हटाइसक्न निर्देशन दिनुभएकाे हाे । उहाँले आवश्यक सबै चिज उपलब्ध गराउने भन्दै जसरी भएपनि बिहीबार लक्ष्मीपूजाको दिनसम्म विद्युत आपूर्तिकाे ब्यवस्था मिलाउनुपर्न बताउनुभयाे ।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द छ ।

Facebook Comments