लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेद्वारा रुपा सिद्धमा जस्तापाता सहयोग
लायन्स क्लब अफ पोखरामाछापुच्छ्रेले कास्कीको रुपागाउँपालिका वडानं ४ स्थित सिद्धमा जस्ता पाता सहयोग गरेको छ ।
क्लबले आइतबार इन्द्र बहादुर नेपाली( कृष्ण)को घरमैपुगेर कृष्ण दम्पतीलाई जस्ता पाता हस्तान्तरण गरेको हो ।
क्लबका संस्थापक अध्यक्ष दीपेन्द्र शर्माले कृष्ण दम्पतीले घरको छानो हाल्न नसकेर झुपणीबाट नयाँ घरमा सर्ने सपना अधुरै रहेको खवर पाएपछि क्लवका मनकारी साथीहरु मार्फत जस्ता पाता सहयोग गरिएको बताउनु भयो ।
शर्माले अप्ठेरोमा परेकाहरुको साथमा आफुहरु रहेको भन्दै क्लबले यस अगाडि पनि अन्यठाउँमा सकेजति सहयोग गर्दे आएको जनाउनु भयो । शर्माले क्लबका पूर्वअध्यक्ष शिव बराल र क्लबकका निर्देशक खडग थापाको आर्थिक सहयोगमा ४० हजार मुल्य बराबरको जस्ता पाता सहयोग गरिएको बताउनुभयो ।
क्लबका निर्वतमान अध्यक्ष अर्जुन थापाले क्लबले गरेको सहयोग सानो भएपनि यसको ठुलो अर्थ रहेको बताउनु भयो । आर्थिक अभावकै कारण घरमा छानो हाल्ल नसकेर जिर्ण बन्न लागेको घरको छानो छाउनलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टि मिलेको बताउनु भयो ।
आर्थिक अभावले घरको छानो हाल्न कठिन भएर बसेका कृष्णको परिवारलाई दुःखको वेला आफुहरु साथमा रहेको सन्देश दिन सफल भएको बताउनु भयो ।
क्लबका अध्यक्ष शंकर थापाले आफुहरुको सानो सहयोगले पनि कसैको जिवनमा खुसी आउछ भने आफुहरु सधै सहयोगको लागि तयार रहेको बताउनु भयो । कुनै ठाउँबाट सहयोग ल्याएर भन्दा पनि आफ्नै क्लबका साथीहरुको सहयोगमा आर्थिक अवस्था कमजोर तथा अन्य आवश्यकता देखिएको ठाउँमा सहयोग गर्दे आएको बताउनु भयो ।
जस्तापाता सहयोग कार्यक्रमका संयोजक खडग थापाले सहयोग गर्न पाएकोमा आफुहरु हर्षित भएको बताउनु भयो । घामपानी छेक्न नभई नहुनेृ घरको छानो हाल्न नसकेको कृष्ण दम्पतीमा देखिएको खुशीनै आफुहरुको सन्तुष्टि भएको बताउनु भयो ।
आफुहरुलाई सहयोग गर्ने अवसर मिलाईदिएको भन्दै क्लबले पत्रकार घनश्याम पाण्डेयप्रति आभार प्रकट गरेको थियो । सहयोग प्राप्त गरेपछि कृष्ण दम्पतीले सहयोग गर्ने क्लब र सहयोगको लागि बातावरण बनाइदिने प्रति धन्यबाद ब्यक्त गरेको थियो।
डेढबर्ष देखि निर्माण भएर पनि छानो विना उभिएको घरले अब छानो पाउनेभएपछि कृष्ण परिवार हर्षित बनेको छ ।

