मिन्डानाओमा शान्ति सम्झौताको ८ औँ वार्षिकोत्सव मनाइँदै
मिन्डानाओमा नागरिक नेतृत्वमा भएको शान्ति सम्झौताको ८ औँ वार्षिकोत्सव मनाइने भएकाे छ ।
जनवरी २४ मा अन्तर्राष्ट्रिय अनलाइन शान्ति सम्मेलन गर्न लागिएकाे हाे । जनवरी ८ लाई फिलिपिन्सको मागुइन्डानाओ प्रान्त र मोरो इस्लामिक लिबरेशन फ्रन्ट ( एमआइएलएफ ) द्वारा एचडब्लूपीएल शान्ति दिवसको रूपमा तोकिएको थियो।
“स्वर्ग र पृथ्वीमा शान्तिको नियम” भन्ने विषयका साथ आयोजना हुने कार्यक्रममा २ हजारभन्दा बढी सामाजिक प्रतिनिधिहरू भेला हुने अपेक्षा गरिएकाे छ ।
शान्तिको लागि अन्तर्राष्ट्रिय कानून स्थापना गर्न र धर्महरू बीच अन्तरविश्वास सद्भावलाई प्रोत्साहित गर्न जनताको समर्थन जुटाउन हेभेन्ली कल्चर, वर्ड पिस, रिस्टोरेसन अफ लाईट (एचडब्लूपीएल) ले पहल गरिरहेकाे छ ।
संचालक संस्था, हेभेन्ली कल्चर, वर्ड पिस, रिस्टोरेसन अफ लाईट (एचडब्लूपीएल), संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद् (इकोसक) र युएन डिपार्टमेन्ट अफ ग्लोबल कम्युनिकेसन्स (डिजीसी) सँग सम्बन्धित गैर-सरकारी संस्था हो। विश्व शान्ति र युद्ध समाप्तिको लागी यो संगठनले २०१३ देखि विभिन्न शान्ति गतिविधिहरु गर्दै आएको छ।
एचडब्ल्यूपीएलका अध्यक्ष ली मान-हीले सन् २०१४ जनवरी २४ मा मागुइन्डानाओका तत्कालीन गभर्नर आदरणीय इस्माइल जी. मंगुदादातु र डाभाओ आर्कडियोसेसका आर्कबिशप-इमेरिटस फर्नान्डो क्यापाला द्वारा इस्लाम र क्याथोलिक समुदायबीच भएको शान्ति सम्झौतासँगै मिन्डानाओमा शान्ति स्थापनाका प्रयासहरूमा योगदान दिन फिलिपिन्सको भ्रमण गर्नुभएकाे थियाे।
सम्झौता मार्फत, हरेक वर्ष मगुइन्दनाओ प्रान्तले २०१५ जनवरी २४ लाई एचडब्लूपीएल शान्ति दिवसको रूपमा स्थापना गरे र फिलिपिन्समा पहिलो शान्ति स्मारक निर्माण भएकाे थियाे ।
त्यसबेलादेखि, शान्ति सम्झौता र मिन्डानाओ क्षेत्रका नागरिकहरूमाझ शान्तिको चेतना जगाउनको लागि भव्य शान्ति उत्सवहरु र अन्तरविश्वास सम्मेलनहरू जस्ता वार्षिक स्मरणात्मक कार्यक्रमहरू गर्ने गरिएकाे छ ।
जनवरी १६ मा हुने कार्यक्रमका प्रमुख वक्ताहरु फिलिपिन्स नेसनल प्रेयर ब्रेकफास्ट (पीएनपीबि) का अध्यक्ष जस्टिस राउल भिक्टोरिनो (आरइती), श्री श्री राधा माधव मन्दिरका मन्दिर अध्यक्ष प्रभु महेन्द्र दास र उच्च शिक्षा आयुक्तका (सिएचइदी) आयुक्त डा. रोनाल्ड अदामाट रहने छन्। । साथै कानून, शिक्षा, युवा, महिला, सञ्चारमाध्यम लगायत विभिन्न क्षेत्रका प्रतिनिधिले शान्तिप्रति प्रतिबद्धताका सन्देश दिने बताइएकाे छ।

