थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४ सय ६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । अघिल्ला ३ दिनकाे तुलनामा याे केही कम संख्यामा संक्रमण पुष्टि भएकाे हाे ।

Facebook Comments