बाढी पहिराेले १० जिल्लामा राजमार्गमा सवारी सन्चालन प्रभावित
अबिरल वर्षा, बाढी र पहिराेका कारण देशका विभिन्न १० जिल्लामा पर्ने राजमार्गहरूमा सवारी सन्चालनमा प्रभाव परेकाे छ । कतिपय राजमार्गमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध बनेकाे छ भने कतिपय राजमार्गमा एकतर्फी रूपमा सवारी सन्चालनमा रहेकाे छ ।
इलाममा अबिरल वर्षाका कारण मेची न.पा. ९ राजदुवाली झापादेखि ताप्लेजुङ तर्फ मेची राजमार्ग अवरूद्ध छ ।
त्यस्तै विपी राजमार्ग अनतगर्गत काभ्रेकाे खुर्काेट नेपालथाेक कटुन्जेबेंसी सडक खण्ड, कान्तिलाेकपथ अन्तर्गत मकवानपुरकाे हेटाैडा ठिगन ललितपुर सडक खण्ड पनि अवरूद्ध छ ।
प्रहरीका अनुसार अरनिकाे राजमार्ग अन्तर्गत सिन्धुपाल्चाेकमा ताताेपानी जाने मार्गका विभिन्न खण्डमा अवराेध छ । रसुवाकाे उत्तरगंगा गाउपालिका ५ मा पहिराकाे कारण त्रिशुली मैलुङ स्याफ्रुबेसी जाने सडक खण्ड अवरूद्ध छ भने भेरी करिडाेर जाजरकाेट डाेल्पा सडकखण्ड पनि बाढीले गर्दा अवरूद्ध छ ।



