चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ भने हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शनिबार राति देशभर साधारणतया बादल लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार  देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेशको साथै सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ।

त्यस्तै कोशी प्रदेशको पहाडी र तराई भू-भाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ । 

Facebook Comments