पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार याे अवधिमा ३ जनाको मृत्‍यु भएको छ ।

मन्त्रालयले ४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा १ सय २३ जना र २ हजार २ सय २ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १ सय २३ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

पछिल्ला दिनमा काेराेना संक्रमणदर घटेकाे छ ।

Facebook Comments