पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा निउरे

 पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे चयन हुनुभएकाे छ ।

समितिको शनिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले निउरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा अम्बिका घिमिरे, उपाध्यक्षमा मोति श्रेष्ठ, महासचिवमा जीवन भण्डारी, सचिवमा राजु सुनार, कोषाध्यक्षमा ऋषिराम पौडेल (कृष्ण) र सह–कोषाध्यक्षमा सुनिता पन्त पौडेललाइ चयन गरेकाे छ।

यस्तै समितिको सदस्यहरुमा विदुर गिरी, रमेश लामीछाने, राजु घिमिरे, कृष्ण प्रसाद पौडेल, विष्णु प्रसाद पाण्डेय, विदुर ढुङ्गना, प्रलाहदजंग मरासीनी, मेघनाथ रिमाल, इन्दुदेवी श्रेष्ठ कञ्चन बराल शर्मा चयन भएको नवनिर्वाचित महासचिव जीवन भण्डारीले जानकारी दिनुभयाे ।

पाेखराका पृथ्बीचाेक वरपर रहेका हाेटल ब्यवसायी यस संस्था मा संलग्न रहेका छन् ।

email sharing button
sharethis sharing button
Facebook Comments