संघीय संसद्को अधिवेशन अन्त्य
सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य भएकाे छ । सरकारले मंगलबार १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियाे ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे।
६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदन अवरोध गरिरहेको थियो। एमालेकाे अवराेधका वीच बजेटकाे संशाेधित विधेयक, एमसिसी लगायत भने सदनबाट पारित भएकाे थियाे ।
Facebook Comments

