विश्व समुदायवीच सहअस्तित्व र अन्तरनिर्भरताका सिद्धान्तहरू विकास गर्न माग

विश्वमा विभिन्न खालका द्वन्द्वका कारण व्यक्तिगत जीवनको सुरक्षा निरन्तर खतरामा परेको छ । यस्ता समस्या समाधानका लागि वर्तमान युगमा शान्ति निर्माणलाई साझाताका आधारमा सबै देश, समुदाय र व्यक्तिहरूका लागि शान्तिको मूल्य, मान्यता र संस्कृति प्रवर्द्धन गर्नुपर्नेमा समेत जाेड दिइएकाे छ ।

एचडब्लूपीएलको शान्तिको घोषणा र युद्धको अन्त्य (डीपीसीडब्ल्यु)को छैठौ वार्षिकोत्सव’ का अवसरमा गरिएकाे अनलाइन कार्यक्रममा विश्वभर शान्ति प्रवर्द्धनका लागि विश्व समुदायको सहअस्तित्व र अन्तरनिर्भरताका सिद्धान्तहरू विकास गर्न माग गरिएको हाे।

एचडब्लुपीएलका अध्यक्ष मान ही लीले अहिले अनेक खालका कारणा देखाएर विश्वमा युद्ध र द्वन्द्वहरू भइरहेकाे भन्दै युद्धको अन्त्य गर्न विश्वका सबै नागरिकहरूले “शान्तिको सन्देशवाहक” को रूपमा एकताबद्ध हुनुपर्ने बताउनुभयाे ।

अन्तर्राष्ट्रिय कानून संघ (आइएलए) बंगलादेश शाखाका अध्यक्ष डा. कमल होसेनले भने, “शान्ति प्राप्त गर्नको लागि पूर्व शर्त जनताको अपरिहार्य अधिकारहरू सुरक्षित गर्नु भएकाे बताउनुभयाे ।

एचडब्लुपीएल अन्तर्राष्ट्रिय कानून शान्ति समितिकी सदस्य, सुश्री अन्ना सेर्भेनाकोभाले विश्वमा चलिरहेको संकटमा वा आपतकालीन संकटलाई पार गर्नको लागि कस्तो प्रकारको कदम चाल्नु उत्तम हुन्छ भन्ने प्रश्न उठिरहेकाे बताउनुभयाे ।

धार्मिक द्वन्द्वका प्रचलित संकटहरूको जवाफ दिँदै, दक्षिण अफ्रिकाको वेस्ट्रिजमा इमाम मौलाना शफीक नोलानले डीपीसीडब्लुले धर्महरू बीचको शान्ति र धार्मिक द्वन्द्वको अन्त्यको महत्त्वलाई जोड दिएकाे बताउनुभयाे ।

एचडब्लुपीएल द्वारा आयोजित मासिक धर्मशास्त्र संवाद विशेष गरी डीपीसीडब्लुमा व्यक्त गरिएका मूल्यहरू प्रतिबिम्बित गर्दै धार्मिक शास्त्र र अभ्यासहरूको गलत अभ्यास तोड्ने मंचको रूपमा सिर्जना गरिएको हो।

एचडब्लूपीएलको शान्तिको घोषणा र युद्धको अन्त्य (डीपीसीडब्ल्यु)को छैठौ वार्षिकोत्सव’ १४ मार्च २०२२ मा ५ हजार भढीकाे सहभागिता थियाे । साे अवसरमा शान्तिलाई संस्थागत गर्दै: दिगो शान्तिको लागि कानूनी आधार निर्माण गर्ने विषयमा छलफल भएकाे थियाे ।

संयुक्त राष्ट्रसंघ-संग आवद्द गैर सरकारी संस्था हेवेनली कल्चर, वर्ल्ड पिस, रेस्टोरेसन अफ लाईट(एचडब्लुपीएल)ले प्रत्येक समाजमा शान्तिको संस्थागत गर्न सरकार र नागरिक समाजका प्रयासहरूको संयुक्त प्रयासलाई समर्थन गरेको छ।

२०१६ मा घोषणा गरिएको यसको डीपीसीडब्लुले संयुक्त राष्ट्रसंघ, अफ्रिकन युनियन (एयु), र इयु लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर नागरिकको नेतृत्वमा शान्ति समर्थन गर्न मार्गदर्शन प्रदान गरेको छ । द्वन्द्व समाधानमा महिला र युवाहरूको सहभागिताको जोड दिदैं एचडब्लुपीएलले यस्ता कार्यक्रम गर्दै आएकाे छ ।

यसैवीच फेब्रुअरी २८ मा, एचडब्लुपीएलले युक्रेनमा रूसको आक्रमणमा शरणार्थी संरक्षण र युद्ध विरुद्ध विश्वव्यापी युवा ऐक्यबद्धता समावेश गर्ने एक बयान जारी गरेकाे छ । एचडब्लुपीएलले डीपीसीडब्लु मार्फत् शान्तिको संस्कृति फैलाउन बल प्रयोग निषेध, धार्मिक स्वतन्त्रता र नागरिक सहभागिता जस्ता अन्तर्राष्ट्रिय समाजद्वारा प्रवर्द्धन गरिने शान्तिका सिद्धान्तहरू प्रस्तुत गर्दै “दिगो शान्तिको लागि कानुनी आधार निर्माण गर्नु पर्ने” बताउँदै आएकाे छ ।

Facebook Comments