लुम्बिनी प्रदेश राजधानीको गुरु योजना तयार

लुम्बिनी प्रदेशकाे राजधानीकाे गुरूयाेजना निर्माण भएकाे छ । उक्त गुरूयाेजना प्रदेश सरकार समक्ष हस्तान्तरण भएकाे छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राजधानीको गुरु योजना निर्माण समयमै तयार भएकाे भन्दै कार्यन्वयनको प्रक्रियालाई अगाडि बढाउने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलमा भएको राजधानीको गुरुयोजना  हस्तातरण र जग्गा अधिकरण कार्यविधि ग्रहण गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी नमूना योग्य बनाउनको सकिने गरी गुरु योजना बनाएको उहाँकाे दावी थियाे ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणको गुरु योजनाको विषयमा भएको सरोकारवालाको छलफलमा सरोकारवालालाई निर्देशन समेत दिनुभएको छ ।

उहाँले प्रदेश सरकारको प्राथमिकतामा रहेकाे राजधानी निर्माण गुरुयोजनालाई आगामी दिनमा अझै छिटो छरिटो रुपबाट कार्यान्वयनमा लग्ने बताउनुभएकाे हाे ।

प्रदेशको राजधानीमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका सितगंगा लगायतको भूगोलमा राजधानीको प्रशासनिक केन्द्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, अद्योगिक क्षेत्र, खेदकुद क्षेत्र यातायातको सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास, धार्मीक क्षेत्र, बाल उद्यान क्षेत्र लगायत समावेश गरी गुरु योजना निर्माण गएिको छ ।

Facebook Comments