प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपाल र भारतबीच चार वटा सम्झौता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे छ ।

भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे हाे । लगत्तै दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झाैता संयुक्त पत्रकार सम्मेलनमा एक अर्का देशका प्रतिनिधिवीच साटसाट गरिएकाे थियाे ।

हस्ताक्षर भएका सम्झाैतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वे सम्बन्धि प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी रहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार सम्मेलनमा सीमा समस्या समाधानका लागि दुइ देशवीचकाे संयन्त्रमा छलफल गर्ने तथा नेपालमा हवाइ उडानका लागि थप हवाइ रूट प्रदान गर्ने सम्बन्धमा नेपालकाे सराेकार राखेकाे जानकारी दिनुभयाे ।

प्रधानमन्त्री देउवा उच्चस्तरीय भेटवार्तापछि बनारस प्रस्थान गर्नुहुने भएकाे छ । बनारसकाे कार्यक्रम सकेर भाेली स्वदेश फर्कने कार्यतालिका छ ।

Facebook Comments