सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, भाेली पुनः बस्ने
स्थानीय तहकाे निर्वाचनमा तालमेल गर्ने बताएकाे सत्तारुढ गठबन्धनले भागबण्डामा भने सहमति जुटाउन सकिरहेकाे छैन । साेमबार बसेकाे बैठकमा सहमति नजुटेपछि मंगलबार ११ः३० बजे पुनः बैठक बस्ने नेताहरूले बताएका छन् ।
विहान र साँझ गरी दुई पटक बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेपछि मंगलबार पुन बैठक बस्ने बैठकमा सहभागी कांग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।
उहाँले ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका तथा वडाहरूमा समेत तालमेलका लागि छलफल भएकाे र भाेली सहमतिकाे खबर सुनाउने बताउनुभयाे ।
केन्द्रमा सैद्धान्तिक रूपमा तालमेलका लागि दलहरू सहमत भएपनि स्थानीय रूपमा नेता कार्यकर्ताकाे दबाबका कारण सहमति जुटाउन दलहरूलाइ कठिन भएकाे छ ।
प्रचण्डकाे सचिवालयले भने बैठक सहमति नजिक पुगेकाे जानकारी दिएकाे छ ।
Facebook Comments

