जनमत नै जितकाे आधारः आचार्य
पोखरा महानगरका मेयर उम्मेदवार धनराज आचार्यले पोखरामा सम्भव हुने खालका याेजना मात्र अगाडि सार्ने बताउनुभएकाे छ । उहाँले पोखराकाे प्राकृतिक सम्पदालाई जाेगाएर हराभरा, सभ्य र भव्य बनाउने बताउनुभएकाे छ ।
साथै उहाँले मेयरमा विजयी हुनेमा ढुक्क रहेकाे भन्दै निर्वाचित भएपछि पहिलाे महिनाबाटै के गर्ने भनेर याेजनाका साथ कार्ययाेजना बनाएर अगाडी बढ्ने बताउनुभएकाे छ । उहाँले सम्भव नहुने याेजना नल्याउने समेत उल्लेख गर्नुभयाे ।
आफू केबल एक पार्टीकाे उम्मेदवार भन्दापनि साझा उम्मेदवार भएकाे भन्दै उहाँले पाेखराकाे इज्जत राख्ने बताउनुभयाे ।
गठबन्धनकाबाट उम्मेदवारी दर्ता गरेपछि आचार्यले आगामी पुस्तालाई पोखराको प्रकृति जोगाएर हस्तान्तरण गर्ने योजना सुनाउनुभयाे । मंगलबार गठबन्धनका तर्फबाट चुनावी घाेषणापत्र ल्याउने उहाँकाे भनाइ थियाे । ।
पोखरा बनाउने एजेण्डाकाे साथै जनमतका आधारमा आफूले चुनाव जित्ने आचार्यकाे दावी थियाे ।
नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष एवं केन्द्रीय सदस्य रहुनुभएका उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर राम्राे पोखरा बनाउन आफू जुट्ने बताउनुभयाे ।

