२४ घण्टा सुरक्षित शहर बनाउने संकल्प सहित भरतपुरकाे मेयरमा उम्मेदवारीः गुरूङ
राष्ट्रिय नागरिक पार्टीबाट भरतपुर महानगरपालिकाका मेयर पूर्णबहादुर गुरूङले घाेषणापत्र सार्वजनिक गर्नुभएकाे छ ।
नागरिक पार्टीकाे केन्द्रबाट जारी घाेषणापत्रका साथै भरतपुर महानगरपालिकाका सवाल समेटेर उहाँले घाेषणापत्र सार्वजनिक गर्नुभएकाे हाे । भरतपुर महानगरपालिका वडा नं. २ निवासी गुरूङ समाजसेवाका काममा सक्रिय रहँदै अाउनुभएकाे छ ।
उहाँले घाेषणापत्रमा मेरो उमेदवारी किन ? भनी निम्न बुँदाहरू समेट्नुभएकाे छ ।
घाेषणापत्र
१) भरतपुर महानगरलाइ स्मार्ट सिटिको रुपमा बिकास गर्न आवश्कीय सम्पुर्ण बिकासका पुर्वाधारहरु खडा गरिनेछ ।
२) शैक्षिक गुणस्तरलाई अभिबृदी गरि कक्षा १२ सम्म निशुल्क शिक्षाको ब्यवस्थापनका साथै आवश्यक बिकाशका पुर्वाधारहरु खडा गरिनेछ ।
३) जटिल रोगहरु लागेका बिरामीहरुका साथै कमजोर,अशक्तहरुलाइ निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने ब्यवस्था गरिनेछ भने मेडिकल सिटिको रुपमा यस महानगरलाई अघि बढाउन सम्पुर्ण अस्पतालहरुबाट स्वास्थ्य सेवा चुस्त,दुरुस्त रुपमा अघि बढाइनेछ ।
४) रोजगारीको सृजनाको लागि निशुल्क रुपमा हरेक उमेर समुहकालाई सिपमुलक तालिमको ब्यवस्थापनका साथै विभिन्न उध्योग,कलकारखानाको बिकासलाई अघि बढाइ रोजगारी सृजना गरिनेछ ।
५) स्वस्थ,सफा र हराभरा महानगरको बिकाशको लागि आवस्यकिय कार्यहरुलाइ अघि बढाइ फोहोरबाट मोहोर कमाउने अभियानलाई अघि बढाइनेछ ।
६) नारायणी नदिको तटीय क्षेत्रमा अत्याधुनिक ड्यामको बिकास गरि बाढी,पहिरोको प्रकोपबाट आम मानिसहरुलाइ सुरक्षीत राख्ने कार्यलाई अघि बढाइनेछ ।
७) सम्पुर्ण बाटाघाटाहरुलाइ फराकिलो बनाइ उच्च स्तरीय कालोपत्रे गरिनेछ र सडक ब्यवस्थापनलाई सहज बनाइनेछ ।
८) भ्रष्टाचारमुक्त, शुशासनयुक्त प्रशाशकिय प्रशासनको ब्यवस्था लागू गरिनेछ ।
९) ब्यवस्थित सहरिकरणको अभियानलाइ अघि बढाइ कालोबजारी,ठगी जस्ता अपराधजन्य कार्यलाइ नियन्त्रण गरिनेछ ।
१०) केन्द्रीय बस टर्मिनल,भरतपुर एयरपोर्टलाई आवश्यकता अनुरुप ब्यवस्थापन कार्यलाइ अघि बढाइनेछ ।
११) सुकुम्बासी समस्याहरुलाइ समाधान गरि सबैलाइ गास,बास,कपासको ब्यवस्थापनमा सहजीकरण गरिनेछ ।
१२) कृषि उत्पादनलाई वृद्धि गर्न कृषिजन्य बस्तुहरुको समयमानै ब्यवस्थापन गरि कृषि उत्पादन केन्द्रको बिकास महानगरका विभिन्न क्षेत्रमा अघि बढाइ कृषिलाइ विशेष प्राथमिकता दिइनेछ ।
१३) पुर्ण रुपमा शान्ति सुरक्षा प्रदान गरि २४ सै घण्टा सुरक्षीत हुने वातावरणको ब्यवस्था गरिनेछ ।
१४) खेल क्षेत्रलाई अघि बढाउन युवामुखी खेलहरु सन्चालनको लागि आवश्यकिय ब्यवस्थापन जस्तै स्थान,खेल सामग्री,प्रशिक्षकहरुको ब्यवस्थापन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने वातावरण तयार गरिनेछ ।
१५) गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालालाई महानगरको स्वामित्वमा ल्याइ आवश्यकिय भौतिक पुर्वाधार निर्माण कार्यलाइ तदारुकताका साथ अघि बढाइ निकट भबिस्य मै अन्तर्राष्ट्रिय खेलहरु सन्चालन गरिने वातावरणको विकास गरिनेछ ।
१६) कालिका नगरपालिका र भरतपुर महानगरपालिका लाई जोड्ने खगेरी जङ्गल सडक खण्डमा उच्च स्तरीय कालोपत्रे गर्नुका साथै सुरक्षा प्रदानको निम्ति उक्त वन क्षेत्रमा सुरक्षा चेक पोष्ट राख्न पहल गरिनेछ ।

