स्थानीय तह निर्वाचनका दिन सार्वजनिक विदा

सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले साेमबार सूचना जारी गरी सार्वजनिक विदाबारे जानकारी दिएकाे हाे ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी सूचनामा बैशाख ३० नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको उल्लेख छ ।

बैशाख ३०मा देशभरका ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

Facebook Comments