सर्वदलीय बैठकमा खुकरी लैजाने कांग्रेस कार्यकर्ता पक्राउ
गाेरखामा सर्वदलीय बैठकमा खुकुरी लिएर जाने एक कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
स्थानीय निर्वाचनका लागि गाेरखाकाे गण्डकी गाउँपालिकामा सर्वदलीय बैठक बस्नका लागि कांग्रेसका तर्फबाट प्रतिनिधि मनाेज गुरूङलाई प्रहरीले पक्राउ गरेकाे हाे । सर्वदलीय बैठकमा खुकुरी सहित पुगेपछि गुरुङलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
गण्डकी गाउँपालिका वडा नं. ६ काे तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुने क्रममा गुरूङकाे झाेलाबाट खुकुरी बरामद भएकाे थियाे ।
गुरुङ नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।
Facebook Comments

