पाेखरामा मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीकाे अग्रता

कास्कीको पोखरा महानगरपालिकाको मत गणना जारी छ ।

पाेखराकाे मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता छ भने उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङकाे अग्रता छ ।

१ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाकाे भन्दा आचार्यकाे मत ३ हजार ४१७ले बढी रहेकाे छ।

सत्ता गठबन्धनका उम्मेदवार रहेका आचार्यकाे ४३ हजार २१५ मत छ भने थापाले ३९ हजार ७९८ मत प्राप्त गर्नुभएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श‌कर खरालले ४८१५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २६९३ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ४४ हजार ९५० मत हाँसिल गर्नुभएकाे छ भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत ल्याउनुभएकाे छ ।

राप्रपाकी रन्जनाकुमारी सेन पौडेलकाे ४ हजार ७४१ मत रहेकाे छ ।

Facebook Comments