माैसमकाे अवस्थाः हल्का देखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा  मेघगर्जन/चट्टयाङ्ग सहित हल्का  वर्षा भइरहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशकाे माैसममा सामान्य देखि पूर्ण बदलीकाे संभावना रहेकाे पनि महाशाखाले जनाएकाे छ । गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रहने महाशाखाले जनाएकाे छ ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिन 

मौसम विश्लेषण (Meteorological Analysis)

नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रही  प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा  मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

२०७९ जेठ २६ गते (बिहीवार)

दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रहनेछ। प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २७ गते (शुक्रवार)

दिउँसो :  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा  सामान्य देखि पूर्ण बदली  रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली र वाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मघेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १ लगायत  बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भूभागहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २८ गते (शनिवार)

दिउँसो :  प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मघेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १ लगायत  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरु र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Facebook Comments