नेपालमा एमाले बाहेक वामपन्थी दल छैननः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमाले मात्रै वामपन्थी भएकाे जिकीर गर्नुभएकाे छ । काठमाण्डाैमा भएकाे नेपालकाे भूराजनीतिक अवस्थाः चुनाैती र अबकाे बाटाे बिषयक विचार गाेष्ठीमा उहाँले एमाले बाहेक अन्य दल वामपन्थी नरहेकाे जिकीर गर्नुभएकाे हाे ।

उहाँले कांग्रेससँग सरकारमा सहकार्य गर्ने दल वामपन्थी हुन नसक्ने तर्क गर्नुभएकाे हाे । साथै उहाँले नेता नारायणकाजी श्रेष्ठप्रति लक्षित गर्दै पार्टीहरू वामपन्थी नभएपनि कोही व्यक्ति वामपन्थी भए एमालेसँग मिलेर देशका लागि काम गर्ने सरकार बनाउनका लागि आग्रह गर्नुभयाे ।

साेही विचार गोष्ठीमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीले घमण्ड गर्ने गरेकाे भन्दै उहाँकाे नाम नै लिएर अालाेचना गर्नुभएकाे थियाे । साथै श्रेष्ठले ओलीलाई वामपन्थी तालमेलमा आउन आग्रह गर्नुभएकाे थियाे । साेही प्रसंगकाे जवाफ उहाँले ओलीले दिनुभएकाे हाे । ओलीले अदालतमा मुद्दा हालेर कांग्रेसकाे नेतृत्वमा सरकार बनाउन जाने वामपन्थी नहुने भन्दै राेष प्रकट गर्नुभयाे ।

Facebook Comments