सरकारको वचाउ गर्न सक्ने अवस्था छैन, नेतृत्वमा दम्भ देखियाेः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको तथा नेतृत्वमा दम्भी भावना देखिएकाे जिकीर गर्नुभएकाे छ ।
काठमाण्डाैमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार थापाले विगतमा अहिले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको बताउनुभएकाे हाे ।
विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गर्दा भने अनुसार सरकार चलाउन नसकिएकाे उहाँकाे भनाइ थियाे । पार्टीमा अपमान भएकाले बाहिर समूहगत भेला भएकाे थापाकाे तर्क थियाे । पछिल्लाे समय सभापति शेरबहादुर देउवाले थापा लगायतका नेताकाे सल्लाह सुझावकाे बेवस्ता गर्न थालेकाे कांग्रेस वृत्तमा चर्चा छ ।
निर्वाचित महामन्त्री भएर पनि पार्टीमा उचित जिम्मेवारी नपाएकाे थापाकाे गुनासाे थियाे । उहाँले अहिले पार्टीभित्रै दम्भ सहनुपरेको बताउनुभएकाे थियाे ।
पछिल्लाे समय थापाले सरकारकाे आलाेचना गर्दै आउनुभएकाे छ । अर्थमन्त्रीकाे राजीनामाकाे सवालमा थापाले सभापति एवं प्रधानमन्त्री देउवाकाे भन्दा फरक मत राख्नुभएकाे थियाे ।

