नेपालको खानेपानी र शिक्षामा २ अर्ब बढी अनुदान

स्वीजरल्याण्ड सरकारले नेपालको शिक्षा एवं तालिम परियोजनाका लागि झण्डै ९५ करोड बराबर अनुदान दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरणका लागि प्राप्त हुने सो अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै युरोपियन युनियनले झण्डै १ अर्ब २७ करोड रुपैंयाँ अनुदान दिने भएको छ । सबैको लागि दीगो खानेपानी तथा सरसफाई आयोजनाका लागि प्राप्त हुने उक्त अनुदान पनि नेपाल सरकारले स्वीकार गर्ने भएको छ ।

मन्त्रि परिषद्ले उद्योगको लागि भौतिक पूर्वाधार बनाएका तथा सञ्चालनको तयारीमा रहेका तर म्याद नथपिएकाको हकमा विलम्व शुल्क लिएर म्याद थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै गोरखा जिल्लाको साविक वारपाक गाविसमा भूकम्प स्मृति पार्क बन्ने भएको छ । सोका लागि स्थानीयसँग लिने जग्गाको सट्टाभर्नाका लागि पनि सरकारले सहमति प्रदान गरेको छ ।

सरकारले त्यस्तै चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ ।

Facebook Comments