एसपीपीमा सहभागी नहुने पत्राचार भयाेःपरराष्ट्रमन्त्री खड्का

सरकारले अमेरिकाकाे स्टेट पार्टनरसिप प्राेग्राम (एसपीपी)मा सहभाग नहुने भनेर पत्राचार गरेकाे छ ।

संसद बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको जानकारी दिनुभएकाे हाे ।

यसअगाडी एसपीपीका सम्बन्धमा संसद तथा बाहिर समेत प्रश्न उठिरहेकाे थियाे । सभामुखले एसपीपीका सम्बन्धमा जवाफ दिन रूलिङ गरेपछि सरकारका तर्फबाट मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी गराइसकिएकाे बताउनुभएकाे हाे ।

त्यस्तै काठमाण्डाै स्थित अमेरिकी दुतावासले पनि नेपाल सरकारका तर्फबाट एसपीपीमा सहभागी नहुने पत्र प्राप्त भएकाे जनाएकाे छ । सांसदहरूको संशयप्रति आपत्ति जनाउँदै उहाँले पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको जिकीर गर्नुभयाे ।

अमेरिकी विदेश सहायकमन्त्री नेपाल भ्रमणमा रहेकै बेला सरकारका तर्फबाट संसदमा यस्ताे जानकारी दिइएकाे हाे ।

Facebook Comments