माछा मार्ने क्रममा करेन्ट लागेर २ काे मृत्यु

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाकाे मृत्यु भएकाे छ ।

तनहुँ प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामाअनुसार बिहीबार बाबु–छोराको मृत्यु भएको छ ।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो रहेकाे प्रहरीले जनाएकाे छ ।

करेन्ट लागेर चित्रबहादुर ब्याम्बाेकी श्रीमती १९ वर्षीया दिलमाया ब्याम्बोकाे घाइते अवस्थामा उपचार भइरहेकाे छ ।

करेन्ट लागेर तीनै जना घाइते भएका र उपचारका लागि पाेखरा लगिएकाेमा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लगाएर माछा मार्न भने कानुनी रूपमा भने प्रतिबन्ध छ ।
 

Facebook Comments