एमाले बैठकमा अध्यक्ष ओलीकाे राजनीतिक प्रतिवेदनमा छलफल हुँदै
साेमबारदेखि शुरू भएकाे नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीकाे राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।
अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण बारे प्रतिवेदनमा उल्लेख गर्दै तत्काल नेतृत्व नछाड्ने स्पष्ट अडान राख्नुभएकाे छ ।

महाधिवेशनबाट निर्वाचित भएकाे एक वर्ष नहुँदै पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्व हटाउने खालका वक्तव्यवाजी भएकाेप्रति असन्तुष्टी व्यक्त गर्दै उहाँले नेतृत्व नछाड्ने बाहिर त्यस्ताे माग गर्नेहरू अराजकतावादी भएकाे टिप्पणी गर्नुभएकाे थियाे ।
मंगलबारकाे बैठकमा माइन्युट लेखन तथा बैठककाे बहस नाेट बनाउन नेताहरूलाइ जिम्मेवारी दिइएकाे एमाले नेता सुर्य थापाले जानकारी दिनुभएकाे छ ।
उहाँका अनुसार ९ बजेबाट शुरू हुने मंगलबारकाे बैठकमा केन्द्रीय सदस्यहरूलाइ ३ मिनेट बाेल्ने समय निर्धारण गरिएकाे छ ।
एमालेमा निर्वाचनकाे समीक्षा तथा नेतृत्व परिवर्तन सम्बन्धी तीव्र अन्तर्विराेध रहेकाे छ ।


