पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको मध्य-पश्चिम भू-भाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएकाे महाशाखाले जनाएकाे छ ।

यतिबेला भने देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ।

महाशाखाका मंगलबार दिउँसाे अनुसार देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा एवं हिमपात हुन सक्ने जनाएकाे छ ।

त्यस्तै कोशी र बागमती प्रदेशको तराई भू-भागको थोरै स्थानमा, मधेश प्रदेश तथा  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | 

मंगलबार राती कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे उल्लेख छ ।

त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

Facebook Comments