उद्योगी व्यवसायीले आफ्नो प्यानलप्रति भरोसा गरेकाे अर्जुन पोखरेलकाे दाबी

पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ ।

चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका आफ्नो नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेक अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलकाे दाबी छ ।

पोखरा ४ का आनन्द ताङ्वेले भन्नुभयाे, ‘अर्जुन काम गर्ने मान्छे हो । भिजन भएको मान्छे हो,’ उनले थपे, ‘हिजो कोरोनाले दुख परेका बेला धेरै उद्योगी व्यवसायीको हितका लागि काम गर्नुभयो । आगामी दिनमा यस्तै नेतृत्व चाहिएको छ ।’

पाखरेलकाे समूहले महेन्द्रपुल, चिप्लेढुंगा, पन्थीगल्ली, न्यूरोड, पृथ्वीचोकका व्यवसायीहरुसँग भेटघाट गरी मत दिनका लागि अनुराेध गरेकाे छ भने व्यवसायीहरूले अर्जुन प्यानललाई जितको शुभकामना दिएका थिए ।

साे समूहले आइतबार पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, पन्थी गल्ली, पालिखेचोक, गैह्रापाटन, गणेशटोल, सिद्धार्थचोक, साँघुमुख, न्यूरोड लगायत ठाउँमा अर्जुन प्यानलले घरदैलो गरेको छ ।
घरदैलाेकाे क्रममा अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले उद्योगी व्यवसायीका विश्वास र भरोसा गुम्न नदिने बताउनुभएकाे छ । अर्जुन प्यानलले पोखराको पूरानो बजारलाई पूरानै स्वरुपमा सजाउने प्रतिबद्धता समेत जनाएकाे छ ।

‘पोखरा भनेकै पूरानो बजार हो । यहाँका घरहरु अहिले जीर्ण भएका छन्,’ उनीहरुले भने, ‘सरकारसँग मिलेर यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ । त्यसको पैरवी हामी गर्छौं ।’ पोखराका पूराना हस्तकला व्यवसायलाई पुन: स्थापित गर्ने र पूरानो बजारमा विक्रि केन्द्र बनाउने पोखरेलको योजना छ । अर्जुन प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ ।

घोषणा पत्रमा संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्नेदेखि हाल भएको भवन पुन: निर्माणसम्म छ । संघले जनता र सरकारबीचको दुरी घटाउने काम गर्ने, नयाँ लगानी प्रोत्साहनमा ध्यान दिएको छ ।

घोषणा पत्रमा संघले नयाँ उद्यमीहरुलाई सुरुमै विजनेस मेन्टरिङ सेवा प्रदान गर्न स्थानीय व्यापार ‘इक्युवेसन सेन्टर’ स्थापना गर्ने प्यानलको घोषणा छ ।

यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् ।

यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् । आफ्नो प्यानल पोखरेली व्यवसायीको हितका लागि निर्माण भएको अध्यक्ष उम्मेद्वार पोखरेल बताउँछन् ।

Facebook Comments