क्रिकेटर सन्दीप लामिछाने विरूद्ध बलात्कारकाे जाहेरी
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारकाे कसूरमा प्रहरीमा जाहरी दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हाे ।
आफूलाई कप्तान लामिछानेले भाद्र ५ मा नगरकाेट घुमाउन लगेकाे र फर्कने क्रममा साेही दिन राती काठमाण्डाै पिंगलास्थानकाे एक हाेटलमा लागि बलात्कार गरेकाे पीडितकाे जाहेरीमा उल्लेख छ ।
पीडितकाे उमेर १७ वर्ष रहेकाे प्रहरीले जनाएकाे छ । लामिछानेकी ‘फ्यान’ रहेकी युवती र लामिछानेवीच सामाजिक सञ्जालमा वार्तालाप हुने गरेकाे र साेही क्रममा लामिछानेले भेट्ने प्रस्ताव राखेकाे प्रहरीले उल्लेख गरेकाे छ ।
प्रहरीले घटना संवेदनशील रहेकाले अनुसन्धान जारी रहेकाे जनाएकाे छ । प्रहरीका अनुसार सिसिटिभी फुटेज लगायतका प्रमाणले लामिछाने र पीडित भनिएकी युवती भाद्र ५ मा सँगै रहेकाे पुष्टी भएकाे छ ।

