नारायणगढ–मुग्लिन सडक सुचारू
गएराती सडकमाथिबाट खसेकाे पहिरोको कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक सुचारू भएको छ।
शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भएको थियाे ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जेसिभी प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सुचारू भएकाे हाे ।
Facebook Comments

