अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपालकाे सानदार जित
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सानदार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । सानदार जितका लागि अन्जन विष्टकाे ह्याट्रिकले भूमिका खेलेकाे हाे ।
नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमा विष्टले हेडर गोल गरेका हुन् ।
२७औं मिनेट र ३८औं मिनेटमा अन्जनले नेपालका लागि गाेल गर्दै पहिलाे हाफमै ह्याट्रिक गरेका थिए । दाेस्राे हाफकाे १२ औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काएका थिए ।
Facebook Comments

