शताब्दी पुरुष सत्यमोहनको निधन, राजकीय सम्मान प्रदान

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएकाे छ । सरकारले जाेशीकाे निधन भएपछि उहाँकाे पार्थिव शरीर श्रद्धाञ्जलीका क्रममा राजकीय सम्मान दिएकाे छ ।

आइतबार ललितपुर महानगरपालिका प्रांगणमा जाेशीकाे पार्थिव शरीर करिब चार घण्टा राखिएकाे थियाे । साे क्रममा नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरू सहभागी भएाक थिए ।

जोशीले देशको अभिभावक, सर्वोच्च नागरिक, शताब्दी कटाएका एक युग पुरुष र नेपाली संस्कृति कला साहित्य र इतिहासमा अतुलनीय योगदान पुर्‍याएका कारण श्रद्धाञ्जली अर्पण गरी बिदाइ गर्न सयौैं सर्वसाधारण समेत सहभागी बनेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बामदेव गौतम लगायतका नेता जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली कार्यक्रममा सहभागी बनेका थिए ।

साे अवसरमा प्रधानमन्त्री देउवाले जोशीको शरीरलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएकाे थियाे ।

जाेशीकाे पार्थिव शरीर किस्ट मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययनका लागि राखिएकाे छ ।

मृत्युअघि नै आफ्नो शरीर अध्ययनका लागि अस्पताललाई दान दिने जाेशीकाे निर्णयमा परिवारले सहमति जनाएकाे थियाे ।

Facebook Comments