डाेटीमा भुकम्प ६ जनाकाे मृत्यु

डोटी केन्द्रविन्दु भएर मंगलबार राति ६.६ रेक्टर स्केलकाे भुकम्प गएको छ । भूकम्पका कारण घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भुकम्प प्रभावित क्षेत्रमा ठूलाे धनमालकाे क्षति भएकाे र प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् ।

घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा सुरक्षाकर्मीले साथ दिएका छन् । स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् ।

राति समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै सुतेकाे ठाउँमा नै च्यापिएका थिए । भूकम्पको धक्का पश्चिमका बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको जनाइएकाे छ ।

Facebook Comments