घान्द्रुक–छोम्रोङमा एमाले उम्मेदवारहरुको घरदैलो
मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले घरदैलो तथा मतदाताहरुसंगको भेटघाटलाई तिब्रता दिएका छन् ।
प्रतिनिधी सभा सदस्य दामोदर पौडेल बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीले बिहीबार अन्नपूर्ण गाउँपालिकाका जनताहरुको घरघरमा पुगेर मत माग्नुभयाे ।
उम्मेदवारद्वय पौडेल र पहारी घान्द्रुक, छोम्रोङ, दाङसिङ, सावेत, उल्लेरी लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिनुभयाे ।
पहारीको कार्यकालमा नयाँपुल–घान्द्रुक पिच, विभिन्न ठाउँमा मोटरेबल बाटाघाटा खुलेका र ति बाटोहरुको स्तरोन्नीका लागि फेरी एमालेलाई जिताउनुपर्नेमा सहभागीकाे जाेड थियाे ।
स्थानीयले अन्नपूर्ण गाउँपालिका पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन उम्मेदवारद्वयसंग माग राखेका थिए ।
Facebook Comments

