नेकपा एस निर्वाचनपछि समाप्त हुन्छः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट नेकपा एकीकृत समाजवादी पार्टी नरहने जिकीर गर्नुभएकाे छ ।
मंसिर ४ काे निर्वाचनकाे प्रचारमा कैलालीमा एमालेले गरेकाे कार्यक्रममा बाेल्दै ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी समाप्त हुने घाेषणा गर्नुभएकाे हाे ।
नेकपा एकीकृत समाजवादी पार्टीले एमाले पार्टी र देशका विरुद्ध अपराध गरेको ओलीकाे आराेप थियाे ।
‘माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीको भिजाएर डल्लो पारेको पानी सुकेपछि फुट्छ, याे निर्वाचनपछि सकिन्छ ।’ ओलीकाे जिकीर थियाे ।
ओलीले नेकपा माओवादी केन्द्र पनि समाप्त हुने बताउनुभएकाे छ । उहाँले कांग्रेससँग गठबन्धन गर्दा चाेक्टा खान गएकाे तर झाेलमा डुब्नुपरेकाे माओवादी केन्द्रप्रति व्यंग्य गर्नुभयाे ।
अहिलेकाे गठबन्धन सत्तामा भागबण्डाका लागिमात्र भएकाे जिकीर समेत ओलीकाे छ।
Facebook Comments

