पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छु : थापा
गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताउनुभएकाे छ ।
गठबन्धनबाट साझा उम्मेदवार कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताउनुभएका हाे ।
घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताउनुभयाे । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’, थापाले भन्नुभयाे।
थापाले सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्व्य गरि डिजिटल गण्डकी प्रदेशको निमार्णमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
पोखरा महानगरपालिका वडा ८ मा मतदाताको समस्या बुझ्न पुगेका थापालाई सोमबार स्थानीयहरुले भव्य स्वागत र सम्मान गरेका थिए । स्थानीयले विन्दुकुमार थापा विकास प्रेमी नेता भएको समेत बताउने गरेका छन् ।

