नुवाकाेटमा आमाछोरीकाे विभत्स हत्या, एक जना पक्राउ
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएकाे छ ।
बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।
मृतककाे शव धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएकाे अवस्थामा भेटिएकाे हाे ।
साे हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाण्डाै जान लागेकाे अवस्थामा मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकाे छ ।
स्थानीयका अनुसार तामाङ घरेलु हतियारसहित घटना भएकाे घरतर्फ गएको, घटनास्थलमा तामाङले बोकेको घरेलु हतियार र चप्पल भेटिएकाले प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
Facebook Comments

