२० ठाउँकाे मतपरिणाम सार्वजनिक कांग्रेस ११ स्थानमा विजयी

गएकाे मंसिर ४ मा सम्पन्न भएकाे प्रतिनिधिसभा निर्वाचनकाे २० स्थानकाे मतगणनाकाे अन्तिम परिणाम आएकाे छ । निर्वाचनकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ११ स्थानमा, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३,  राप्रपाले १, नेकपा एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जित हाँसिल गरेका छन् ।

अन्य स्थानमा मत गणना जारी रहेकाे छ । जारी रहेका मध्ये कांग्रेसका उम्मेदवार ४४ र एमालेका उम्मेदवार ४१ स्थानमा अगाडि छन् भने माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ६ नेपाल स्वतन्त्र पार्टी ५, राप्रपा ४ स्थानमा अगाडि छन् ।

हालसम्म विजयी उम्मेदवारकाे सूची

  • नेपाली कांग्रेसः
  • काठमाडौं- १, प्रकाशमान सिंह
  • काठमाडौं- ४ मा, गगन कुमार थापा
  • ललितपुर- १, उदयशमशेर राणा
  • काठमाडौं- ५, प्रदीप पौडेल
  • काठमाडौं- ३, सन्तोष चालिसे
  • मनाङ, टेकबहादुर गुरुङ
  • मुस्ताङ- १, योगेश गौचन थकाली
  • रसुवा, मोहन आचार्य
  • सुर्खेत-२, हृदयराम थानी
  • डडेल्धुरा, शेरबहादुर देउवा
  • तनहुँ-२, शंकर भण्डारी

राष्ट्रिय स्वतन्त्र पार्टीः

  • काठमाडौं-७, गणेश पराजुली
  • काठमाडौं-२, सोविता गौतम
  • काठमाडौं-२, विराजभक्त श्रेष्ठ

नेकपा एमालेः

  • ललितपुर-२, प्रेमलाल महर्जन
  • काठमाडौं-९, कृष्ण गोपाल श्रेष्ठ
  • उदयपुर-२,अम्मरबहादुर रायमाझी

नेकपा एकीकृत समाजवादीः

  • अछाम- १, शेरबहादुर कुँवर

नागरिकता उन्मुक्ति पार्टीः

  • कैलाली- ३, गंगाराम चौधरी

राप्रपाः

  • बाँके-२, धवलशमशेर राणा
Facebook Comments