काठमाण्डौका १० मध्ये ५ वटामा कांग्रेस, ३ मा रास्वपाका उम्मेदवार विजयी
काठमाण्डौका १० निर्वाचन क्षेत्रमध्ये ५ वटामा नेपाली काँग्रेस विजयी भएको छ । काठमाण्डौमा कांग्रेसबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, क्षेत्र नं. ३ मा सन्तोष चालिसे, क्षेत्र नं. ४ मा गगन थापा, क्षेत्र नं. ५ मा प्रदीप पौडेल र क्षेत्र नं. १० मा राजन केसी निर्वाचित हुनुभएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नं. २ मा सोविता गौतम, क्षेत्र नं. ७ मा गणेश पराजुली, क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै एमालेबाट कृष्णगोपाल श्रेष्ठ काठमाण्डौ क्षेत्र नं. ९ बाट विजयी हुनुभएको छ ।
क्षेत्र नं. ६ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता रहेको छ ।
Facebook Comments

