६२ स्थानको मत परिणाम सार्वजनिक
अहिलेसम्म ६२ स्थानको मत परिणाम घोषणा भएको छ । जसमध्ये २५ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यस्तै दोस्रो स्थानमा रहेको एमालेले १४ स्थानमा जित हाँसिल गरेको छ ।
नेकपा माओवादी केन्द्रले हालसम्म ७ स्थानमा जित हाँसिल गरेको छ भने ११ स्थानमा अगाडि रहेको छ । कांग्रेस ३३ र एमाले २८ स्थानमा अगाडि रहेको छ ।
नेकपा एकीकृत समाजवादीले ५ स्थानमा विजयी बनेको छ भने ५ स्थानमा अगाडि रहेको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ५ स्थानमा जित निकालेको छ भने ४ स्थानमा सो पार्टीका उम्मेदवार अगाडि छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ स्थानमा विजयी भनेको छ भने २ स्थानमा सो पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।
उपेन्द्र यादवको जनता समाजवादी पार्टीले ४ स्थानमा जित हाँसिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले २ र सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिटमा जीत हाँसिल गरेका छन । ्अन्य पार्टीहरुले सम्म ७ स्थानमा जित हाँसिल गरेका छन् ।

