१४३ सिटकाे मतपरिणाम सार्वजनिक
गत मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ १४३ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म घाेषणा भएकाे १४३ स्थानमध्ये नेपाली कांग्रेसका उम्मेदवार सबभन्दा बढी ४६ स्थानमा विजयी भएका छन् ।
त्यस्तै नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ भने सत्तारूढ दल माओवादी केन्द्रले १६ स्थानमा जितेकाे छ ।
नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हाँसिल गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, जनता समाजवादी पार्टी ५, लोकतान्त्रिक समाजवादी पार्टी ४ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेका छन्।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने ५ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
Facebook Comments

