एमाले नेता गोकुल बास्कोटाकाे घरमा शंकास्पद वस्तु फेला
नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएकाे छ । विहानै छिमेकीले बास्काेटाकाे घरमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर पुगेकाे थियाे ।
प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरेकाे थियाे । सेनाकाे टाेली बास्काेटाकाे घरमा रहेकाे शंकास्पद वस्तु डिस्पाेज गर्न लागेकाे छ ।
यसअघि २०७६ फागुनमा पनि बास्कोटाको बन्दै गरेकाे उक्त घरमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो । बास्काेटा भने काभ्रेमा विजयी भएपछि मतदातासँगकाे भेटघाटमा व्यस्त रहेकाे सचिवालयले जनाएकाे छ ।
Facebook Comments

