पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको जनाएकाे छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएकाे प्राधिकरणले जनाएकाे छ ।

विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ। तर रिठ्ठेडाँडाकाे कटान कार्य जारी रहेकाे तथा ल्याण्डफिल साइट व्यवस्थापन भइनसकेकाले अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन सक्ने बताइन्छ । यद्यपि विमानस्थल नजिकै रहेकाे ल्याण्डफिल साइटमा पछिल्लाे समय फाेहाेर फाल्न भने राेकिएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का  प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिनुभयाे।

यान्त्रिक परीक्षणको प्रतिवेदन प्राधिकरणले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गरिनेछ। प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ।
 
एरोथाई कम्पनीको जहाजले गत मंसिर ५ देखि ११ सम्म सफलतापूर्वक यान्त्रिक परीक्षण उडान गरेको थियो।

Facebook Comments