राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ ।

राष्ट्रपति कार्यालयका तर्फबाट विज्ञप्ति मार्फत् सरकार गठनका लागि आह्वान गरिएकाे हाे । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा कुनै पनि दलकाे बहुमत नआएकाले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न आह्वान गरिएकाे हाे ।

सरकारगठनका लागि ७ दिनको समय दिइएकाे छ । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

राष्ट्रपति कार्यालयकाे विज्ञप्ति

Facebook Comments