चिसाे बढ्दै, केही स्थानमा हिमपातकाे संभावना

मुलुकभर चिसाे बढेकाे छ । जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाे छ । जसले गर्दा मौसममा बदलाव आएकाे छ । तराइमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन थालेको छ ।

मंगलबार दिउँसो पनि पूर्वी नेपालकाे पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा हुने संभावना छ भने बागमती र गण्डकीको उच्च पहाडी भू-भागका एक/दुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

माैसम पूर्वानुमान बुलेटिन

Facebook Comments