भत्कियाे सत्ता गठबन्धन, प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत
वर्तमान सत्ता गठबन्धन भत्कने निश्चित प्रायः भएकाे छ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी नछाेडेपछि माओवादी केन्द्रले नेकपा एमालेसँगकाे सहकार्य राेजेपछि सत्ता गठबन्धन भत्कन लागेकाे हाे ।
नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।
पहिलाे कार्यकालका लागि प्रचण्डकाे नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएकाे छ । एमाले सहितकाे गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका तर्फबाट गरी १ सय ६६ सांसद रहेकाे बताइएकाे छ ।
Facebook Comments

