कांग्रेसकाे गण्डकीमा पाण्डे र वाग्मतीमा लामा संसदीय दलकाे नेतामा चयन

नेपाली कांग्रेसले प्रदेससभामा दलकाे नेता निर्वाचनबाट चयन गरेकाे छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे र वाग्मती प्रदेससभाकाे दल नेतामा बहादुर लामा निर्वाचित हुनुभएकाे छ । दुवै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवाका निकट नेता दल नेता चयन भएका हुन् ।

गण्डकी प्रदेससभा कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र पाण्डे दलनेता निर्वाचित हुनुभयाे ।

पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याउनुभयाे । १ मत बदर भएको थियाे । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् ।

त्यस्तै वाग्मती प्रदेशसभामा कांग्रेस संसदीय दलमा निर्वाचित लामाले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन हुनुभएकाे हाे । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र हाँसिल गर्नुभयाे ।

Facebook Comments